आशाको ‘चुरा पोते’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: लामो समय देखि नेपाली साँगीतिक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘चुरा पोते’ सार्वजनिक गरिएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गरेका हुन् ।

सार्बजनिक गीतमा स्वागत नेपालको शब्द, चन्द्र प्रसाद सिवाकोटीको संगीत रहेको छ । जय चन्द्रकुमार लामा र गायीका स्वंम आशा लामा (ज्ञानमाला) को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको भिडियोको सम्पादन, सह निर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.