बालगायिका कमलाको पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक गरिएको छ । बालगायिका कमला घिमिरे र अमृत सापकोटाको स्वरमा चिया छानेको बोलको लोकदोहोरी गीत बुधबार सार्वजनिक भएको हो । धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा रमेश बि।जीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा बद्री पंगेनी, बिनोद बाजुराली, शंकर बिसी, बिमल अधिकारी, खेम सेञ्चुरी, अञ्जली अधिकारी, रीना थापा मगर, करिष्मा ढकाल, धुर्ब हिमाली, मोहन खड्का, एलिना रायमाझी, मालती घले, निलिमा ढुंगाना, रविना भण्डारी, शुवेक्षा नेपाल, कमल सरगम लगायतका कलाकारको अभिनय रहेको छ । यस गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले खिचेका छन् । भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.