बेरोजगारहरुको कथा ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा कमाउनको लागि छल गर्ने कथालाई कमेडी फ्लेबरमा देखाइएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र मंसिर २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारहरुको अभिनय छ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र लाई रेणु राना, दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन्। निर्देशक जोन योञ्जनकै कथा रहेको चलचित्रमा दिपक आर्जेको संगीत रहेको छ। अनिष स्याङ्गदेनको छायांकन रहेको चलचित्रलाइ कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.