कस्तो चलाखी सेन्सरले निक्कै हट दृश्य राख्न मानेन भने सामान्य दृश्य समावेश गर्ने


(सेलिब्रेटी नेपाल) १४ चैत्र -नेपाली चलचित्र अब कसरि अघि बढ्ला भन्ने सबै नेपाली चलचित्रलाई माया गर्ने हरुले गम्भीर भयर सोच्न थालेका छन् ।यहि समयमा अर्को एउटा सेक्स केन्द्रित चलचित्र दर्शकको मन जित्ने आश गरेर रिलिज हुने दिन गन्तिमा लागेको छ । चलचित्र हो बर्बाद नामै बर्बाद अब क-कसलाई बर्बाद पार्ने हो कि होइन रिलिज पछि नै थाहा हुनेछ ।
चलचित्रमा समावेश उत्तेजक दृश्यहरुलाई २ तरिकाले खिचिएको निर्माता जीके शर्माले बताएका । उनले भने, ‘चलचित्रका केही उत्तेजक दृश्यकालाई २ तरिकाले खिचिएको छ, सेन्सरले निक्कै हट दृश्य राख्न मानेन भने सामान्य दृश्य समावेश गर्ने तयारी गरेका छौ ।’नायिका जिया केसीसँग २ नायकले हट बेडसिनको दृश्य दिएका छन् ।चलचित्रमा करिब २ मिनेट लामा ६ वटा उत्तेजक दृश्य रहेको बताइएको छ । कस्तो मानसिकता पहिले नै दुइ तरिकाले खिच्ने ? नेपाली समाजले पचाउने र सेन्सर गर्न मिन्ने एकै खालका द्रिस्य खिचेर चलाउंदा के हुने होला ? काग बाठो भयो भने के खान्छ भन्ने हाम्रा बुढा पाकाले उखान नै बनायका छन् । यस्तै केहि समय पहिले एटीएम नामक चलचित्रले चलाखी गरेर सेन्सरले काटेका द्रिस्य पुन राखेर चलचित्र चलाउंदा सरकारले प्रतिबन्ध नै लगायको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.