अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो ।

चलचित्र हेरेका अधिकांस दर्शकले कथाबस्तुको प्रशंसा गरे । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको दर्शकले प्रतिक्रिया दिए । केहि दर्शकले चलचित्र हेर्दासम्म मज्जाले हसाँएको पनि बताए ।

देव भुषालको निर्देशनमा चलचित्रमा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको अभिनय छ । प्रेमराज दाहालले यो चलचित्र निर्माण गरेका हुन् ।