हिमाल र सन्जुको गीतमा अन्जलिको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिमाल सागर र सन्जु निरौला (सोनु) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘डिम्पल गाला’ बोलको गीतमा रमन निरौलाको शब्द तथा तिलक कट्टेलको संगीत रहेको छ ।

निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतको भिडियोमा प्रेमिकाले आफ्नो प्रेमी रिसाउदा उसलाई फकाउनको लागि विभिन्न प्रयासहरु गरेको देखाउन खोजिएको छ। भिडियोमा अन्जली अधिकारी,दिपेश खतिवडा,सुजन नेपाली र लघुलाइ फिचर्ड गरिएको छ ।कृष्ण पौडेलले निर्देशन गरेको भिडियोलाइ युबराज खत्रीले छायांकन र सम्पादन गरेका छन् भने प्रविन थापाले कोरियोग्राफी गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।