आईटम गीत ‘करेन्ट लाग्छ’ मा बिनुको ठुम्का सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ: गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको आवाजमा रहेको गीत ‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक भएको छ । आईटम गीत स्टाईलको यस गीतमा निश्चल कल्पनाको शब्द तथा के.बि. भण्डारीको संगीत रहेको छ ।

गीतले बैंशालु युवतीको कम्मर छुँदा करेन्ट लाग्ने भाव प्रस्तुत गरेको छ । प्राय: चलचित्रमा राखिने आईटम गीत जस्तै लाग्ने यस गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए ।

यस गीतको भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने प्रकाश एसकेले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.