‘प्रेम गीत ३’ को सुभमुहर्त संगै छायांकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ । काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ । काठमाडौँमा निर्मित सेटबाट छायांकन सुरु गरिएको चलचित्र मनाङका रमणीय स्थलमा समेत खिचिनेछ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने यो चलचित्र पुर्ण प्रेम कथामा आधारित रहनेछ । चलचित्रलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले चलचित्रको कथा लेखेका हुन् ।

यो चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.