राष्ट्रपतिद्वारा वीरगन्जमा चलचित्र महोत्सव उद्‍घाटन


सेलिब्रेटी नेपाल
रघुनाथ सापकोटा


वीरगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्‍घाटन गरेकी छिन्। आजबाट तिन दिनसम्म वीरगन्जमा चल्‍ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच उद्‍घाटन गरेकी हुन्।

राष्ट्रपति भण्डारीसँगै समारोहमा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानि राणा,निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र विकास बोर्ड अध्यक्ष केशब भट्टराई लगायत बाक्लो कलाकार तथा चलचित्र कर्मीको उपस्थिति रहेको थियो।

आयोजकले आज बिहान वीरगन्जस्थित घण्टाघरबाट महोत्सवस्थल आदर्शनगर रङ्‍गशालासम्म प्रभात फेरीको आयोजना गरेको थियो। प्रभातफेरीमा वरिष्ठ कलाकारहरू निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौला,वर्षा राउत लगायतले सहभागीता जनाएका थिए। बलिउड अभिनेता गोविन्दा श्रीमती सुनितासहित सोही महोत्सवमा सहभागी हुन नेपाल आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.