गोविन्दाले ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्ने


सेलिब्रेटी नेपाल

काठमाडौँ: मंगलबार नेपाल आइ पुगेका बलिउड अभिनेता गोविन्दाले कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्नेछन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा पनि आएकी छन्। महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्ति गरे। यो महोत्सब २१ कात्तिकबाट २४ कात्तिकसम्म वीरगन्जको आदर्शनगर स्थित रँगशालामा आयोजना हुँदैछ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार दिउँसो महोत्सब आयोजक पक्षले राखेको पत्रकार भेटघाटका क्रममा अभिनेता गोविन्दाले आफु यो महोत्सबमा नृत्य प्रस्तुत गर्न समेत तयार रहेको बताएका छन् । बलिउड अभिनेता गोविन्दलाई महोत्सब आयोजक संस्था निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्टेजमा उत्रनका लागि राखेको प्रस्ताव प्रति उनले स्टेजमा उत्रेर आफुले नृत्य नै प्रस्तुत गर्ने बताए।

गोविन्दाले यसो भन्दा उनका फ्यानहरु नेपालमा अझ उत्साहित भएको अध्यक्ष आकाशले बताए । गोविन्दाका फ्यानहरु उनलाई भेट्न वीरगन्जमा आतुर भएको र उनको प्रस्तुतिले फ्यानहरु अति खुसी हुनुका साथै कार्यक्रम अझ भव्य हुने पनि अध्यक्ष अधिकारीले बताएका छन् । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए। उनकी श्रीमती सुनिता नेपाली मूलकी भएकाले गोविन्दाले नेपाललाई ससुराली देश भन्दै खुसी व्यक्त गर्ने गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.