वेभ सिरिज डामाडोल’ को पहिलो भाग सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रविधिको विकास संगै मनोरन्जनको क्षेत्रमा पनि निकै परिवर्तन आएको छ । केहि बर्ष अघि नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा कुरेर नेपाली टेली सिरियल हेर्नु पर्थ्यो अहिले प्रविधिले गर्दा यु ट्युब मार्फत आफ्नो समयमा खोलेर थुप्रै नेपाली सिरियल,सिरिजहरु हेर्न पाइन्छ। यहि क्रममा भुमिसा प्रोडक्सनले पनि नियमित रुपमा यु ट्युब मार्फत वेब सिरिज सार्बजनिक गर्दै आइ रहेको छ ।

ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज डामाडोल’ को पहिलो भाग सार्बजनिक गरिएको छ । भुमिसा प्रोडक्सनको अफिसियल युटुब च्यानलमा निरन्तर अपलोड हुने यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा निर्देशन किरण राईको रहेको छ। भुवन सिंह राई,सुदिप जंग कार्की,रोस्मिता श्रेष्ठ,प्रयास घिमिरे,आयशा क्षेत्रि,सुहाना क्षेत्रि, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.