र्यापर भिटेन चलचित्रको गीतमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: र्यापर भिटेन (समिर घिसिङ) युवापुस्ता माझ परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ। र्याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘सरौतो’ को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् । गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत हुने चलचित्रका निर्देशक हरी हुमागाईंले बताए ।

चलचित्रकै थिम अनुसार गीतलाई तयार गरिएको छ । गीतको छायाँकन सकिएसँगै निर्माण पक्षले केहि तस्वीर सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा भिटेन अर्थात समीर र सुमीलाई आफ्नै अन्दाजमा देख्न सकिन्छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै चलचित्र मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ ।

चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाइ रिभेन्ज स्टोरी भनिएको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको द्वन्द रहेको छ। चलचित्रमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.