बलिउड अभिनेता गोविन्दा नेपाल आउने


सेलिब्रेटी नेपाल

काठमाडौं: बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । गोविन्दा कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनको लागि नेपाल आउन लागेका हुन् । महोत्सवको आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो ।

महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

गोविन्दा गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् । गोविन्दाले वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा आफ्नो प्रस्तुति पनि दिने छन् ।