‘पोई पर्‍यो काले’ लाइ दोश्रो हप्तामा पनि दर्शकको साथ


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले चलचित्रबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले सेलिब्रेटी नेपाललाई जानकारी गराए। दोश्रो हप्तामा प्रवेश गरेको चलचित्रले दर्शकको राम्रै साथ पाई रहेको छ । आज शनिबार गोपीकृष्ण,अस्ट नारायण र गुण सिनेमामा चलचित्रले हाउसफुल व्यापार गर्न सफल भएको निर्माण टिमले जानकारी गराएको छ । दोश्रो सातामा प्रवेश गरेको चलचित्रले लगानी सुरक्षित गर्ने अवस्थामा पुगेको निर्माता किरण नेपालीले बताए ।

सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.