नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ:तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ ।

महोत्सबको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शनिबार उद्घाटन गरे । बिगत ८ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सबले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा ठुलो योगदान पुर्याउँदै आएको मन्त्री पोखरेलले बताए । अफ्रिकालाई नेपालसँग जोड्ने पुलको रुपमा यो महोत्सब बिकशित हुँदै आएको पनि मन्त्री पाखेरेलले कार्यक्रममा बताए । हामीले नेपाली मौलिक सिनेमा र सँस्कृतिलाई प्रोत्साहन गर्नैपर्ने सुझाब मन्त्रीले कार्यक्रममा दिए । चाँडै नयाँ शिक्षा नीति आउने जानकारी गराउँदै अबको शिक्षा नीतिले शिक्षामा देखिएका पुराना धेरै समस्यालाई हल गर्ने पनि मन्त्री पोखरेलले जानकारी गराए ।

आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)की अध्यक्ष एवम् महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले आफुहरुले आम सञ्चार सम्बन्धि शिक्षा सेवा दिनुका साथै नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन र सिनेमा संस्कृति आदन प्रदानको लागि नेपाल अफ्रिका फिल्म महोत्सब आयोजना गर्दै आएको हो भनिन् । उनले आमसञ्चार सम्बन्धि विश्व विधालय स्थानको लागि मन्त्री पोखरेलसँग आह्वान पनि गरिन् ।

यस्तै चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डले महोत्सब आयोजना गर्न नसकेको बेला सिजेएमसीजस्ता संस्थाबाट यस्तो अन्तराष्ट्रिय चलचित्र महोत्सब हुनु सुखद कुरा भएको बताए । चाँडै राष्ट्रिय चलचित्र ऐन आउने र ऐनबाट चलचित्रको विकाशमा टेवा पुग्ने भनाई उनले राखे ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माले यस्ता महोत्सबबाट चलचित्रकर्मीहरुले कसरी राम्रा सिनेमा बनाउने भन्ने जानकारी पाउने बताए । उनले नेपालका लोक नृत्यलाई सांस्कृति संस्थानले स्कुल स्कुलमा पुराउने भएकाले त्यो वातावरण बनाईदिन शिक्षा मन्त्रीसँग अनुरोध गरे ।
यस्तै नेपालका लागि इजिप्टकी राजदुत इम्यान मोस्ताफा, रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्री, अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असद, चिनियाँ चलचित्र निर्देशक डा. योङलगायतले पनि नेपाल आएर महोत्सबमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

महोत्सब निर्देशक डब्बु क्षत्रीले यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म रहेको बताए । शनिबारबाट सुरु भएको यो महोत्सब सोमबारसम्म चल्ने र महोत्सबमा प्रवेश निशुल्क गरिएको पनि क्षत्रीले जानकारी गराए ।

महोत्सबको उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारले विभिन्न नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए । महोत्सबमा शनिबार नाईजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाईभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरियो । बाँकी १९ ओटा फिल्म आईतबार र सोमबार प्रदर्शन गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.