भुवनको ‘मिस्टर नेपाली’अमेरिकामा प्रिमियर हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ ले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ । यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो ।

चलचित्रमा भूवन केसी, रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ,कुसुम राउत,सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोलको मुख्य भूमिका छ । निरज कँडेलको छायांकन, सुवास भुषाल र दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ।