‘झिली र मिलि’ देउसी गीत लिएर आए जोहेब र सुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालीहरुको महान चाड तिहारको अवसर पारेर गायक जोहेब मानन्धर र सुजन ढकालको देउसी गीत ‘झिली र मिलि साझको बेला’ (देउसी रे) को भिडियो सार्बजनिक गरिएको छ। मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतको शब्द र संगीत गायक तथा संगीतकार जोहेब मानन्धरको नै रहेको छ।

अखिल बास्तोलाको सिनेमाटोग्राफी र माधब बेलबासेको सम्पादन रहेको भिडियोको निर्देशन माधब अधिकारीले गरेका हुन। सानो देखि हरेक तिहारमा देउसी भैलो खेल्दै हुर्केको हुनाले यो तिहार चाडको मलाइ विशेष महत्व छ ,सानोमा सधै साथीभाइ संग देउसी खेल्दा आफू अग्रपंक्तिमा बसेर देउसी भट्टाउने र मादल बजाउने गर्थे र सांगीतिकक्षेत्रमा लागिसके पछि देउसी भैलोको गीत बनाउने सोच पहिले देखि नै थियो यसपाली चाहि जुर्यो गायक जोहेब भन्छन ।