‘सरौतो’को लोक लयको गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सरौतो’को लोक लयको गीत सार्वजनिक गरिएको छ। राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको ‘रिङ्ग टिङ्ग टिङ्ग’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा राजनराजकै शब्द तथा संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन्।

कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई हरी हुँमागाईले निर्देशन गरेका हुन्। चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय छ। राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द, राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मीकुमारी तामाङको लगानी छ । श्री महर्जन सह निर्मातामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.