चलचित्र ‘प्रेम संसार’ हेर्नुस नगद एक लाख जित्नुहोस


सेलिब्रेटी नेपाल

काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पोस्टर सार्बजनिक गरिएको छ । प्रेम कथामा बनेको चलचित्र ‘प्रेम संसार’को पोस्टर सार्बजनिक संगै नयाँ स्किम पनि सार्बजनिक गरिएको छ । चलचित्र हेर्नुस लक्की ड्र मार्फत नगद एक लाख जित्नुहोस भन्ने योजना निर्माण टिमले अघि सारेको छ । यो योजनाको बारेमा बृस्तित जानकारी ‘प्रेम संसार’ को फेस बुक पेजमा गई थाहा पाउन सकिनेछ। चलचित्र प्रदर्शनको मिति नजिकिए संगै चलचित्रको प्रचार प्रसार पनि सुरु गरिएको छ ।

चलचित्र ‘प्रेम संसार’ मा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.