पूजा र आकाशको ‘सम्झना बिर्सना’ शुभ मुर्हुत सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ:पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘पोइ पर्यो काले’ शुक्रबार देखि प्रदर्शनमा आएको छ । यो चलचित्र रिलिज संगै दुवै कलाकारको नयाँ चलचित्र घोषणागरिएको छ । पूजा र आकाशको प्रमुख भूमिका रहने चलचित्र ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको छ ।प्रेम कथामा बन्ने चलचित्रको शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा-आजा गरिएको छ ।

दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । कार्तिक २१ गते बाट छायांकनमा जाने चलचित्र आदित्य फिल्मस्को व्यानरमा निर्माण हुनेछ। चलचित्र ‘सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन् ।