भुवन केसीको ‘मिष्टर नेपाली’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण छ। देव भुषालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा अभिनेता भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ। ट्रेलरमा उनि भिलेनको रुपमा पनि देखिएका छन्। त्यस्तै नव–अभिनेता साहिल श्रेष्ठ, नव–अभिनेत्री कुसुम राउत, कलाकारहरु सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल लगायत ट्रेलरमा देखिएका छन्।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेमराज दाहालको लगानी छ। विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिको आडमा हुने शोषण आदिलाई चलचित्रले प्रस्तुत गरेको छ।

निर्देशक भुषाल चलचित्रले देश तथा परदेश जहाँ रहेपनि आफ्नो गाउँ–ठाउँलाई विर्सनु हुँदैन भन्ने मूल मर्म बोकेको बताउँछन्। निरज कँडेलको छायांकन, सुवास भुषाल र दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ। चलचित्रमा रीमा विश्वकर्मा, कमलमणी नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुको समेत अभिनय छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.