दीपक मनाङ्गेको जीवनीमा आधारित चलचित्र बन्ने


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको छ । निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता भएको छ । जमन आफैले अहिले कथामा काम गरिरहेका छन् ।

चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । निर्माता नेपालीले भने–‘दीपक दाइको कथामा चलचित्र बनाउन मेरो कम्पनीले अधिकार लिएको छ । जमनजीले कथा लेखिरहनुभएको छ ।’ जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र बिषयमै स्नातकोत्तर गरेका छन् ।

दीपक मनाङ्गेको जीवनमा थुप्रै उतारचढाव छन् । डनदेखि सांसदसम्म भएका दिपकको बायोपिक दर्शकका लागि रोचक हुने निर्माणपक्षको विश्वास छ । २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने निर्माता नेपालीले जानकारी दिए । किरणले निर्माण गरेको चलचित्र ‘पोई पर्‍यो काले’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.