‘धुर्मुस सुन्तली’ को ‘सेन्टी भाइरस’ छायांकन सकियो


सेलिब्रेटी नेपाल

काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ। करिब एक महिनाको छायांकन पश्चात शुक्रबार चलचित्रको छायांकन सकिएको सितारामले जानकारी दिएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै एक गीतको छायांकन बाँकी राख्दै सुटिङ प्याकअप गरिएको जनाएका छन्।

उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा ‘सेन्टी भाइरस’ निर्माण भएको हो। रामबाबु गुरुङ निर्देशित चलचित्रमा सिताराम, कुञ्जनासंगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतको अभिनय रहेको छ।

सामाजिक कथावस्तुमा बन्ने कमेडी जनराको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ। डिन्डु लामा ह्योल्मो निर्माता रहेको चलचित्रको सह निर्मातामा फूर्पा लामा रहेका छन्। चलचित्रमा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन,निमेष श्रेष्ठको सम्पादन रहेको छ। चलचित्रको प्रदर्शन मिति भने फाइनल गरिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.