‘बादशाह जुट’ को रोमान्टिक गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कार्तिक १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचर्ड लोकलयमा बनेको गीत सार्वजनिक गरेको टिमले रोमान्टिक गीत रिलिज गरेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचर्ड छन् । ‘सुसाइड’ गीतमा प्रेममा परेपछिको तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह राणाको शब्द शृजना रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ भने स्वरमा रुपक डोटेलसँग संगीतकार क्षेत्रीले सहकार्य गरेका छन् । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

चलचित्रकमा निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । चलचित्रमा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।