सचिन रौनियारको नयाँ भिडियोमा द कार्टुन क्रु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।

द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ । बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु सार्बजनिक भई सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.