सुमिको दमदार एक्सन समेटिएको ‘सरौतो’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सनका दृश्यहरुले बढी स्थान पाएको छ। ‘सरौतो’मा नायिका सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ। चलचित्रमा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेकी छिन् । रिभेन्जको कथा भन्ने चलचित्रलाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । यसअघि दुइ गीत र टिजर सार्वजनिक भइ सकेको छ।

राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको ‘सरौतो’ मा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय छ । विरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् । चलचित्र कार्तिक २२ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.