निश्चल बने ‘घामड शेरे’ ! यस्तो छ ट्रेलर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाज ट्रेलरमा झल्किएको छ । निर्देशक हेमराज विसी निर्देशित यो चलचित्रमा रियल जोडी निश्चल र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

चलचित्रमा उनीहरु साली भेनाको भूमिकामा देखिएका छन् । चलचित्रमा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , चलचित्र यसमै केन्द्रित रहेको छ । चलचित्रमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन,सुरेन्द्र पौडेलको सम्पादन,काली प्रसाद बास्कोटाको संगीत रहेको छ । चलचित्र दिपावलीको छेको पारेर आउँदो कार्तिक ८ गते बाट प्रदर्शनमा आउने छ ।