चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ। दशैंको अवसर पारि निर्माण युनिटले बिहीबार पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुक पोष्टरमा सुरक्षा पन्तलाई प्राथमिकता दिईएको छ। कपाल मुण्डन गरेको अवस्थामा उनलाई प्रस्तुत गरिएको छ।

त्यस्तै मिथिला शर्मालाई पनि अर्को पोष्टरमा समेटिएको छ। पोष्टर निकै मार्मिक र मन छुने छन्। नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिदै बनेको यस चलचित्रको लेखन पनि दीपेन्द्रले नै गरेका हुन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।

चलचित्रमा सुरक्षा र मिथिलाका साथमा सरिता गिरी, देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको मुख्य भूमिका रहेको छ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्र आमा र छोरीको कथामा निर्माण भएको हो । महाशवरात्रीको अवसर पारी आगामी फागुन ९ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ। निर्देशक खनाल ‘पशुपतिप्रसाद’पछि दर्शकले मनछुने कथामा चलचित्र ‘आमा’ हेर्न पाउने बताउँदै आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.