अघोर बाबाको अफिसियल गीत ‘बम बम भोले’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दशैंको कोसेलीस्वरुप यत्तिखेर सदाबहार भाइरल अघोर बाबा मृत्युञ्जयको आफ्नै स्वरमा अफिसियल गीत ‘बम बम भोले’ युट्युब मार्फत् सार्वजानिक गरिएको छ । यो गीत सार्वजानिक भए सँगै अघोर बाबा एक प्रतिभावान् गायक तथा अभिनेताका रुपमा उदाएका छन् । गीतको भिडियोमा कालिडियोस्कोप ब्याण्डको दमदार प्रस्तुतिसँगै गायक बाबाको अभिनय देख्न सकिन्छ ।

सो गीतको लेखन तथा भिडियो कन्सेप्ट लामा अमरले गरेका हुन् भने बुद्द स्याङबाले संगीत भरेका छन् । सचिन थापाको निर्देशन तथा क्यामेरामा कैद भएको गीतको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियो पावर मिडिया नेटवर्क युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.