दशैं खाने दाउमा असोज १७ बाट ‘शिवम्’


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिजय दशमीको अवसर पारेर चलचित्र ‘शिवम्’ असोज १७ बाट प्रर्दशनमा आउने भएको छ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र ‘शिवम्’ बाट नवनायक सोहम भेटवालको रजतपटमा जन्म हुदैछ । प्रेम कथा संगै एक्सनमा सोहमले आफूलाइ पर्दामा प्रस्तुत गरेका छन् । यूके बासि सोहमलाइ कलाकारीताको मोहले नै नेपाल फर्काएको छ ।

एस के प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र ‘शिवम्’ मा सोहमको साथमा शुभेच्छा थापा , रबि गिरी , रस्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ राजु गिरिले निर्देशन गरेका छन् भने बितरणको जिम्मा तिरुपति पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराइले लिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.