‘छ माया छपक्कै’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक चार पोस्टरमा कलाकार दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाललाई स्थान दिइएको छ । भने अर्को एक पोस्टरमा अभिनेता गिरी र केकीलाई मात्रै प्रस्तुत गरिएको छ ।

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा चलचित्रले बोल्नेछ । कमेडी विषय वस्तुमा निर्माण गरिएको चलचित्रले देशमा घटिरहने गम्भीर विषयवस्तु समावेश गरिएको छ । दीपेन्द्र लामा निर्देशनमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’मा ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् ।

दीपकराज गिरीको पटकथा लेखन रहेको चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लले सम्पादन रहेको छ ।