बलिउड कमेडियन वेणु माधवको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी: तेलुगु फिल्म क्षेत्रमा चर्चित कमेडियन वेणु माधवको निधन भएको छ। केही दिनयता कलेजोको समस्याले अस्पताल भर्ना भएका माधवको बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वेणुलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उनी लामो समयदेखि मृगौला र कलेजोको समस्याबाट ग्रसित थिए।

सन् १९९६ देखि अभिनय क्षेत्रमा सक्रिय ३९ वर्षीय वेणु दुई वर्षयता स्वास्थ्य समस्याका कारण अभिनय क्षेत्रबाट टाढिएका थिए। सन् १९९६ देखि २०१६ सम्मको अभिनय यात्रामा वेणुले करिब १ सय ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका थिए। विशेषगरी फिल्म क्षेत्रमा हास्य विधामा रुचाइएका उनी राजनीतिक क्षेत्रमा पनि परिचित थिए।

वेणुको पहिलो फिल्म ‘सम्प्रदायम’ हो। उनि अभिनित ‘आदि’,‘वासु’,‘सिम्हाद्री’, ‘छत्रपति’,‘पोकिरी’,‘किक’‘नायक’र‘रुद्रमादेवी’ जस्ता फिल्मले राम्रो ब्यापार गरेका थिए। उनको अन्तिम फिल्म २०१६ मा प्रदर्शनमा आएको ‘डॉ.परमानंदैया स्टुडेन्ट’ हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.