परदेशीहरुको पिडा बोकेको दशैं गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक टेक बहादुर अधिकारीकाे नयाँ दशैँ गीत सार्वजनिक गरिएको छ । एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्बजनिक गीतमा गायक अधिकारीलाई गायिका गीता देवीले साथ दिएकी छिन् ।

यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई दर्साइएको छ । गीतमा शब्द गायक अधिकारीकै रहेको छ, भने लय विष्णु तामाङको रहेको छ । भिडियो निर्देशन युवराज खत्रीले गरेका छन् भने छायांकन र सम्पादन पनि खत्रीकै रहेको छ । भिडियोमा नवराज राउत र समिता तामाङको अभिनय रहेको छ ।