पुस्कर र कविताको दशैं गीतमा अन्जली र सुरज (भिडियो)


सेलिब्रेटी नेपाल

नेपाली चाड पर्वको मौसम आए संगै चाड पर्व बिसेष गीत संगीत पनि सार्बजनिक हुने गर्दछन । हिन्दु हरुको महान चाड विजया दशमीको अवसर पारेर दशैँ गीत सार्बजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा पुस्कर सुनुवार र कविता सिवाकोटीको स्वर रहेको दशैं गीत सार्बजनिक गरिएको छ । ‘महान चाड बडा दशैं’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत पुस्कर सुनुवारको रहेको छ ।

निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ दिपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । अन्जली अधिकारी र सुरज श्रेष्ठ फिचर्ड भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ । भिडियो जीवन लुइंटेल क्रियसन मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.