प्रेम परियारले गाए सौगात र श्रृष्टीको लागि गीत


सेलिब्रेटी नेपाल

काठमाडौँ: बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । चलचित्र ‘नाई नभन्नु ल २’ गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई नभन्नु ल ४’ मा गीत गाएका थिए । तर हराए झैं बनेका प्रेमको स्वर अब पुनः दर्शक श्रोताले सुन्न पाउने भएका छन् । हालै उनले चलचित्र ‘पोई पर्यो काले’को एक गीतमा स्वर दिएका छन् ।

चलचित्र ‘पोई पर्यो काले’ मा समावेश ‘मायाले मलाई’ बोलको गीतको रेकडिङ मंगलबार गरिएको छ । गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीतमा आवाज नदिएको बताए । प्रेमले भने–‘यो गीतको शब्द सुन्ने बित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’ गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।

रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको शब्द रहेको छ । यो गीतमा चलचित्रका मुख्य दुई कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङ निर्माता छन् ।

कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई जोडेको छ । चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्र दिपावलीको अवसर पारेर कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।