ब्लक्बस्टर चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज (पुरा फिल्म)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ब्यबसायिक रुपमा सफल बनेको चलचित्र चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ चलचित्र छक्का पन्जा र छक्का पन्जा २ ले व्यवसायिक सफलता पाएपनि समिक्षकहरुबाट भने नकारात्मक आलोचना पाएका थिए । हाइलाइट्स नेपालको अफिसियल च्यानल मार्फत चलचित्र सार्बजनिक गरिएको हो। दर्शकहरु यो चलचित्र यु ट्युबमा हेर्न निकै नै प्रतिक्षित थिय।

दिपा श्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरि, बुद्दी तामाङ, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.