मिनाको गीत ‘गार्हो छ’ मा एलिनाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोडल लोमस र सन्तोष पनि अभिनय गरेका छन् । गाह्रो छ बोलको सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली चलचित्रमा काम गरिसकेकी छन् ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ । उक्त भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् । आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । शम्भु चालिसेले छायांकन गरेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् ।