‘मन परेसी पर्यो पर्यो’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ:’मन परेसी पर्यो पर्यो’नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘वीरंगना’ का प्रस्तुतकर्ता रघु परियारले आफ्नो जन्मदिनको अवसरमा शनिबार आयोजना गरेको ‘बर्थ डे’ पार्टीमा ‘मन परेसी पर्यो पर्यो’ निर्माण घोषणा गरेका हुन् ।

रुपेश थिङ तामाङको लेखन र निर्देशन रहने ‘मन परेसी पर्यो पर्यो’ को छायाँकन तिहारपछि सुरु हुने बताइएको छ । लभस्टोरी, कमेडी र एक्शनको मिश्रण रहने चलचित्रको कार्यकारी निर्माता चक्र पाख्रिन तामाङ छन् । कृष्ण परियार र रबिना थापा मगर निर्माता रहेको चलचित्रका कलाकारको टुंगो केही दिनमै लगाइने रघुले जानकारी दिएका छन् ।

निर्देशक रुपेशले यसअघि चलचित्र ‘जय शम्भु’ निर्देशन गरेका थिए । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी पर्यो पर्यो’ यही बर्षको अन्त्यमा दर्शकमाझ ल्याइने बताइएको छ ।