‘पासवर्ड’ हेरेका दर्शक के भन्छन् ? यस्तो छ प्रतिक्रिया !


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी चलचित्रको कथावस्तु र एक्सनलाई दर्शकले रुचाएका छन्। शनिबार काठमाडौंको कुमारी हलमा चलचित्र हेरेका दर्शकले यसको कथावस्तु, एक्सनसंगै मेकिङ्गलाइ रुचाएका छन्। लण्डनमा छायाँकन गरिएको चलचित्र हेर्दा आनन्द आएको दर्शकले बताएका छन् ।

भिलेनको भूमिकामा देखिएका अनुपविक्रम शाहीको काम उत्कृष्ट लागेको दर्शकले प्रतिक्रिया दिएका छन् भने नव अभिनेत्री र नायक बिक्रम जोशीले अभिनयमा सुधार ल्याउनु पर्ने चलचित्र हेरेर निस्किएका दर्शकले बताए ।

कुमारी हलमा दर्शकसंगै चलचित्रका निर्देशक, निर्माता तथा कलाकारले चलचित्र हेरेका थिए। निर्देशक सम्राट बस्नेतले दर्शकको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए। ‘दर्शकसंग बसेर चलचित्र हेर्यौं ‘। सबैले मन पराउनुभएको छ। डेब्यू निर्देशनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट सन्तुष्ट छु’– उनले भने।

चलचित्रको शुक्रबारको ब्यापार सन्तोषजनक थिएन। शनिबार भने चलचित्रले औषत ब्यापार गरेको निर्माण यूनिटले जनाएको छ। आउँदा दिनको चलचित्रको ब्यापार बढनेमा निर्माण यूनिटको विश्वास छ। ‘पहिलो चलचित्रमा जुन किसिमको प्रतिक्रिया पाएको छु यसबाट निकै सन्तुस्ट छु’ निर्माता अमित बस्नेत बताउछन् ।

बलिउड अभिनेत्री सन्नी लियोनीको अभिनय रहेका कारण पनि छायाँकनबाटै चलचित्र चर्चामा थियो। चलचित्रको एक आइटम गीतमा सन्नीले नृत्य गरेकी छन्। गत बिहीबार राजधानीमा आयोजत चलचित्र प्रिमियर शोमा सन्नी स्वयंम उपस्थित थिइन्।

नेपालबाट चोरी गरि लण्डन पुर्याइएको मूर्ति फर्काउन गरिएको संघर्षको कथामा आधारित चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ। नेपाल र लण्डनमा छायांकन गरिएको चलचित्रमा अमित बस्नेत र हिरल जोशीको लगानी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.