‘सम्हाली राख है’ को फष्टलुक सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘सम्हाली राख है’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । फष्टलुक हेर्दा चलचित्र रोमान्सले भरिपुर्ण रहेको अनुमान गर्न सकिन्छ । फष्टलुकसँगै चलचित्रको आधिकारीक प्रचार समेत सुरु भएको निर्माण जुनिटले जनाएको छ ।

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा आरएल मोक्तानको निर्देशन रहेको छ । अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको छ ।

सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको चलचित्र दशैं र तिहारको बिच पारेर प्रदर्शन गर्ने योजनामा निर्माण युनिटको रहेको छ । निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् ।