‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्बजनिक,अंकित र साम्राज्ञीको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको अवसरमा असोज १० गतेबाट प्रदर्शनमा आउनेछ । सामाजिक कथा वस्तुमा बनेको चलचित्र ‘रातो टिका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा सहदेव ढुंगानाको शब्द रचना रहेको छ । चलचित्र ‘अल्लारे मा समाबेश गीतमा उमेश पाण्डे र रमणा श्रेष्ठको स्वर रहेको थियो भने अहिले प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ।

चलचित्र ‘रातो टिका निधारमा’ बाट अशोक शर्माका सुपुत्रले नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।