एडल्ट सिरिज ‘चपली हाइट ३’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ बन्ने भएको छ मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो निर्माता अर्जुन कुमारको चलचित्र ‘चपली हाइट’ले राम्रै ब्यापार गरेको थियो भने ‘चपली हाइट २’ब्यापारिक रुपमा असफल भएको थियो ।

‘चपली हाइट’कोदुइ वटा सिरिजमा दिपेन्द्र के. खनालको निर्देशन रहेको थियो तेस्रो सिरिज लाइ भने निकेश खड्काले निर्देशन गर्ने भएका छन् चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् । एडल्ट सिरिजको ‘चपली हाइट ३’बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले डेब्यु गर्दैछन् ।

चलचित्रमा स्वस्तिमा र महेशको जोडी बाँधिनेछ भने प्रतिक श्रेष्ठले अभिनेत्री सुपुष्पा भट्टसँग जोडी बाँध्नेछन् । ‘चपली हाइट’ मा पहिलो सिरिजका हिस्सा आमिर गौतम पनि चलचित्रको प्रमुख पात्रमा हुनेछन । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने चलचित्रलाई चैतमा प्रदर्शनको लक्ष्य राखिएको छ ।

निर्माता बाहेक ‘चपली हाइट’को सिरिजमा पहिलो र दोश्रो सिरिजका कुनै कुरा पनि दोहोरिने छैन दोहोरिने भनेको नाम मात्र हो । आशा गरौँ एडल्ट सिरिजको छबि पाएको सिरिजले दर्शकको साथ पाउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.