‘सूर्य इन्टरनेशनल अवार्ड’ दोश्रो शृंखला आउँदो नोभेम्बरमा हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्रको राम्रो गन्तव्यबन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्नगरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्षबासुदेव लामिछानेले दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेकाहुन् । अभिनय , गायन , नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्यबनाउने उनले बताए ।

घोषणा कार्यक्रममा चलचित् रविकास बोर्डकाआध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्री श्वेता खड्का , गायक हेमन्तशर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , गायककमलखत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलनअमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिकभएका फिल्म तथा गीत संगीतले सहभागिता जनाउन पाउनेछन् ।