‘निल काँडा’ पुर्वमा शुभ मुहर्त संगै छायाँकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र ‘निल काँडा’ को शुभ मुहर्त संगै छायाँकन सुरु भएको छ । गएको सोमबार बाट पुर्वको विर्तामोडबाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको हो । मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भईरहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ) ,रिस्ता बस्नेत ,नव नायक दिपक तिवारी ,नव नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगाएतका कलाकारको अभिनय रहेको छ। बरिस्ठ निर्देशक लक्ष्मीनाथ शर्मा यस चलचित्रमा टेक्निकल एड्भाइजर को रुपमा रहने छन् ।

चलचित्रको कथा तेजश्वनी बास्कोटाको पटकथा सम्बाद दिनेशराज शर्मा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्रमा संगीत बिकाश चौधरीको छायाँकन बिनोद सापकोटाको मेकअप बिष्णु कार्कीको र प्रोडक्सन हेडमा कुमार सिलवाल रहेका छन। चलचित्र यही आउदो मङ्सिर १५ गते बाट सार्बजनिक प्रदर्शनमा ल्याउने लक्ष्यका साथ ३० दिनको सुटिंग सेडुल रहेको छ । चलचित्रको अधिकांस छायाँकन पुर्बको रमणीय स्थलमा गरिने चलचित्रको निर्माता मुना पौडेलले जानकारी गराएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.