अनुपको शहरमा आइ पुगिन् आँचल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ: अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ ।

चलचित्र निर्देशक बसन्त निरौला निर्देशित यस गीतको भिडियोमा अभिनेत्री शर्मा अभिनेता शाहिलाई भेट्न उनको शहर आएकी छन् । आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्विकारेका छन् । गीतमा आँचलले आकर्षक नृत्य समेत गरेकी छन् ।

भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आकर्षक स्थलहरुमा छायांकन गरिएको यस गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.