‘काले दाई’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं। चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाइ शिव शर्माले निर्देशन गरेका हुन् । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। सार्बजनिक ट्रेलरमा समाबेश दृस्यहरुबाट चलचित्र नेपाल सेनामा कार्यरत युवाको कथा रहेको प्रस्ट बुझिन्छ अर्को तर्फ अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।