कार्टुन क्रु का सरोजले आश्मालाइ ‘डोली’ चढाउने(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिमाल श्रेष्ठ र त्रिशाला गुरुङको स्वरमा रहेको गीत ‘जुनको साथी तारा'(डोली) को भिडियोलाई दर्शक श्रोताले मन पराएका छन् । १० दिन अघि यु ट्युब मार्फत सार्बजनिक गरिएको गीतमा शब्द तथा संगीत भिम बिस्ट ‘सीरिश’को रहेको छ । भिडियोलाइ यो समाचार पार्दा सम्म १७ लाख ६५ हजार भन्दा बढी दर्शकले हेरी सकेका छन् । भिडियोलाइ ५८ हजारले लाइक गरेका छन् भने १५ सयले डिस्लाइक गरेका छन् । भिडियोमा कमेन्ट गर्नेको संख्या १३ सय भन्दा धेरै छ ।

नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीत झट्ट सुन्दैमा दर्शक श्रोताको मुखमा झुन्डिने खालको छ । टेकेन्द्र शाहले सम्पादन र निर्देशन गरेको भिडियोलाइ राम कुमार केसीले छायांकन गरेका हुन् । भिडियोमा कार्टुन क्रु टिमको नृत्य उत्कृस्ट छ । सरोज अधिकारी र आश्मा बिसिको जोडी पनि सुहाएको छ । दर्शक श्रोताले आफ्नो पहिलेको गीत जस्तै यो गीतलाइ पनि मन पराइ दिएकोमा संगीतकार भिम बिस्ट’सीरिश’ खुसि छन्। अझै पनि यस्तै सुमधुर गीतहरु सार्बजनिक गर्ने तयारीमा रहेको उनि बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.