एक्शन प्रधान ‘शिवा’ को ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘शिवा’ दि लिडरको ट्रेलर सार्वजनीक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो हिमश्री फिल्मस्को ब्यानरमा अभिनेता ज्याक श्रेष्ठ (राजु) को प्रस्तुति रहेको चलचित्रलाई रामकाजी घिमीरेले निर्देशन गरेका हुन् ।

पूर्वी नेपालको एक बस्तीबासीले पाएको दुखकष्टको बिषयलाई प्राथमीकताका साथ उठान गरिएको ‘शिवा’ को ट्रेलरमा एक्शन,कमेडी, लभ, सम्वेदना सबैको मिश्रण छ । सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता रहेको फिल्ममा किशोर खतिवडा, सञ्चिता लुईँटेल, पूर्णिमा लामा, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा शिवाको चरित्रमा रहेका अभिनेता किशोर अन्यायका बिरुद्ध लड्ने ‘लिडर’ को भूमिकामा छन् भने उनलाई साथ दिएकी छिन्, संञ्चिताले । सञ्चिता पत्रकारको भूमिकामा रहेको कुरा ट्रेलरमा प्रष्टै छ । बीरेन्द्र भट्टले खिचेको चलचित्रका गीतमा बसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र राजु ढुंगानाको सम्पादन छ ।

मंसिर २७ गते प्रदर्शन हुने चलचित्रको ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक घिमीरेले बेरोजगारी समस्या, बन्यजन्तु तस्करी, भूमाफिया,सामाजीक थिचोमिचोलगायतका बिबिध बिषयमा फिल्म बुनीएको बताए । उनले ‘शिवा’ ले नेपाली समाजको बिबिध पाटो समेटेकाले सबै नेपालीले एकपटक हेर्नुपर्ने जिकीर गरे ।