कमेडी नै कमेडी ‘रातो टिका निधारमा’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओएसारको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको अवसरमा असोज १० गतेबाट प्रदर्शनमा आउनेछ । सामाजिक कथा वस्तुमा बनेको चलचित्र ‘रातो टिका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सार्बजनिक ट्रेलरमा कमेडी दृश्यहरुले स्थान पाएको छ ।

चलचित्र ‘रातो टिका निधार’ मा बाट अशोक शर्माका सुपुत्रले नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।