‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन् । फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्र भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । भास्कर प्रधानको निर्देशनमा बनेको चलचित्रलाइ रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.